बालगीत ‘क का कि की’ सार्वजनिक

...

काठमाडौँ । कवि तथा गीतकार रामबाबु सुवेदीको बालगीत ‘क का कि की’ सार्वजनिक भएको छ। बालगीत परियोजनाअन्तर्गत गीतको भिडिओ रिलिज गरिएको हो। स्वस्तिश्री गुरुकुल आइ.बी.वर्ल्ड स्कुल, सानोभर्यांङ, काठमाडौंसँग सहकार्य गरी निर्माण गरिएको हो। गीतकार सुबेदीको शब्द रचना रहेको गीतमा मिलन तिमल्सिनाको संगीत छ।

यस गीतमा सुप्रिम मल्ल ठकुरी र टेरेशा विश्वकर्माको स्वर रहेको छ। गीतको भिडिओमा साक्षत नेपाल, ऐसल खनाल, तारा सिंह श्रेष्ठ, आरूशी तिमल्सिनालगायत स्वस्तिश्री गुरुकुल स्कुलका बालबालिकाले कलाकारको अभिनय छ।

आचार्य गोपालको निर्देशन र परिकल्पना रहेको गीतलाई सुनील भण्डारीले खिचेका हुन्। रूपेश श्रेष्ठको कोरियोग्राफी बनेको भिडिओलाई वीरबहादुर थारूको सम्पादन छ।