सुशान्त केसीले गरे फिल्ममा डेब्यु

...

काठमाडौं ।युवा-पुस्तामाझ चर्चित गायक सुशान्त केसीले पार्श्वगायनमा डेब्यु गरेका छन् । प्रदर्शन तयारीमा रहेको फिल्म ‘कर्मा’को लागि उनले गतसाता ‘पागल पागल’ बोलको ओर्जिनल साउन्ड ट्रयाक (ओएसटी) रेकर्ड गराए । भिडियोमा केसी स्वयम फिचर्ड हुनेछन् । बालाजु ल्याबको स्टुडियोमा गीत छायांकन गरिएको छ । निर्देशक सौरभ चौधरीले फिल्मको ओएसटीका लागि केसीले गीत रेकर्ड गरेको र उनको भाग छायांकन गरिएको बताए ।

पछिल्लो समयका हिट गायकले फिल्ममा गाउने कुराले उनका प्रशंसक उत्साहित हुने पक्का छ । सुशान्त सन् २०२४ मा इन्टरनेट प्लाटफर्ममा सबैभन्दा धेरै सुनिने नेपाली गायक हुन् । गतवर्ष उनले चर्चित गीत सार्वजनिक गरे ।

बार्दली, झ्यालबाट, पर्ख न, सारंगी चर्चित गीत हुन् जसमध्ये ‘बार्दली’ युट्युबको ग्लोबल ट्रेन्डिङमा परेको छ । फिल्म ‘कर्मा’ चैत २९ मा प्रदर्शन तयारीमा छ ।