कमेडी नाइट विथ च्याम्पियन्सको ट्रेलर सार्वजनिक

...

काठमाडौं  । टेलिभिजन कमेडी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ चैत १९ गतेदेखि प्रसारणमा आउने भएको छ। शोको  ट्रेलर ल्याउँदै आउँदो मंगलबारदेखि शो प्रसारणमा आउने जानकारी दिइएको हो।

शोमा पहिलो अतिथिका रूपमा अभिनेताहरू दीपकराज गिरी र जितु नेपाल छन्। अभिनेत्री तथा निर्देशक दीपाश्री यो शोमा अध्यक्ष छिन्। पछिल्लो समय छुट्टिएर काम गरिरहेका दीपक–दीपा र जितु एउटै फ्रेममा देखिँदा दर्शकले खुसी व्यक्त गरेका छन्।

शोका निर्देशक विशाल भण्डारी हुन्। यसपटक उनी होस्टका रूपमा पनि छन्। शोमा सुमन कार्की, साजन श्रेष्ठ, भरतमणि पौडेल, सुमन कोइराला, कैलाश कार्की, म्याक्सम गौडेल, प्रभात लामा, पवन भट्टराई र सन्तोष थापाको प्रस्तुति रहनेछ।  कमेडी नाइट विथ च्याम्पियन्सु हिमालय टिभीमा हरेक मंगलबार राति ८ बजे र युट्युबमा ओएसआर रियालिटी च्यानलमा ९ बजे स्ट्रिमिङ हुनेछ।