
काठमाडौँ । अभिनेत्री दिव्या रायमाझी भन्छिन् उत्कृष्ट काम गरेर अभिनेत्री दिव्या रायमाझीका बुवा दीलिप रायमाझी हुन् भनेर सबैले भन्नु पर्ने दिनको प्रतिक्षामा छु । उनी थप्छीन् दिलीप रायमाझीकी छोरी हुनु भनेको सौभाग्यको कुरा हो । अहीले मलाई सबैले दिलीप रायमाझीकी छोरीको रुपमा चिन्नुहुन्छ । तर क्रमशः अन्य फिल्म गर्दै जाँदा मेरै पहिचानले चिन्नुहुन्छ । मेरो सोच पनि आफ्नै पहिचान र आफ्नै नामले चिनिनु हो ।
गम्भिर स्वभावकी परिवारकी एक्ली सन्तान उनी आफ्ना बुवाले दिएको गुरुमन्त्रलाई जीवनभरी लागू गर्ने पक्षमा छिन् । लामो समय अमेरिकामा बसेर फिल्ममा अभिनय गर्नकै लागि स्वदेश फर्किएकी दिव्याले अमेरिकाको मेरिल्याण्डस्थित टाउसन विश्व विद्यालयबाट स्नातक तहसम्मको अध्ययन पूरा गरेर फिल्ममा करियर बनाउन नेपाल फर्किएकी हुन् ।
पहिलो प्रयासमै फिल्म ‘एक्टरः टेक वन’ मा प्रदीप खड्का जस्ता सुपरस्टारसंग अनस्क्रिन रोमान्स गर्ने अवसर पाएकी दिव्याले दोस्रो फिल्म ‘पिताम्बर’ मा समेत अभिनय गरिसकेकी छिन् ।