
काठमाडौँ समीर भट्ट भन्छन् मेरो प्रतिस्पर्धी म आफै हो । समीरको दोस्रो प्रतीक्षित फिचर ‘बलिदान’ दशैंमा प्रदर्शनको तयारीमा छ । हालै छायांकन सकिएको यो फिल्मको शीर्ष भूमिकामा उनको अभिनय छ । दोस्रो फील्म प्रदर्सनको तयारीमा रहदा उनी भन्छन् म पहिलेभन्दा उत्कृष्ट पर्फमर बन्न जरुरी छ । उत्कृष्ट एक्सन पस्कन सक्ने हुनुपर्नेछ र उत्कृष्ट डान्सर पनि’ ।
बलिउड र हलिउडमा जाने कुरामा उनी प्रष्ट्याउछन् आफुले अहिले नेपाली फिल्ममा आनन्द लिइरहेको र अहिले बाहिर जाने नसोचेको । उनी थप्छन् ‘यतिबेला मैले नेपाली फिल्ममै आनन्द लिइरहेको छु । भविष्य कसैले पनि देखेको छैन । यो क्षणमा मैले नेपाली फिल्ममा ध्यान केन्द्रित गरिरहेको छु ।