पल शाहको ‘मोअर’ साउनमा

...

काठमाडौंँ । ओम प्रतिक निर्देशित फिल्म ‘मोअर’ को प्रदर्शन आगामी साउनमा हुने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज साउन २३ गते तय भएको निर्देशक प्रतिकले जानकारी दिए ।

फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुनजंग शाही लगायतका कलाकारको मुख्य भूमिका छ । चुम्बनजंग शाहीको निर्माण रहेको फिल्मको कथा समेत निर्देशक प्रतिककै हो ।

दिपेन बस्न्यातको छायांकन, सुरेश अधिकारी र एसडी योगीको संगीत, कुमार महर्जनको एक्सन रहेको फिल्मको कथावस्तुबारे अहिलेसम्म केही खुलाइएको छैन । फिल्मको छायाङ्कन काठमाडौँ, पाल्पा, प्युठान, रोल्पा, दाङ लगायतका स्थानमा गरिएको छ ।