
काठमाडौँ । यिनी हुन् लोकप्रिय गायिका एवं कलाकार मुना मगर । पाल्पाको रिब्दिकोट गाउँपालिकामा जन्मेकी मुना अहिले ३० वर्षकी भइन्। अहिले उनको उचाइ ३ फिट ३ इन्च रहेको छ भने उनको तौल मात्र २३ किलो रहेको छ।
शारीरिक भिन्नताको बावजुद पनि मुनामगर गीत संगीत र कलाकारिताबाट सबै माझ चिर परिचित छिन् ।२०७५ सालमा आफ्नो भविष्य खोज्दै काठमाडौँ आइपुगेकी मुना ओमन र युके गरि यी दुई देशहरूमा सांगेतिक यात्रामा पुगिसकेकी छिन्। मुनाले म्यानेजमेन्टमा प्लस टु उत्तीर्ण गरेकी छिन्।