चलचित्र विकास बोर्डको सदस्यमा सन्तोषबाबु लोहनी

...

काठमाडौँ । चलचित्र विकास बोर्डको सदस्यमा निर्माता, निर्देशक तथा कलाकार सन्तोषबाबु लोहनी नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्री स्तरीय निर्णयले उनी बिहीबार सदस्यमा नियुक्त भएका हुन् ।

२०४९ मा ‘अपमान’ फिल्मबाट यो क्षेत्रमा प्रवेश गरेका लोहनी फिल्म र टेलिभिजन कार्यक्रम अभिनय, निर्देशन र निर्माणमा सक्रिय छन् । ‘अपमान’, ‘जय विजय’जस्ता फिल्ममा शीर्ष भूमिका निर्वाह गरेका उनले ‘नारी, द वुमन’, ‘हेलो नेपाल’, ‘कोइराला, मानवताका लागि’ जस्ता चर्चित टेलिभिजन कार्यक्रम पनि बनाएका थिए ।

लोहनी निर्देशित पछिल्लो फिल्म ‘शुभ लभ’ केही वर्ष अगाडि रिलिजमा आएको थियो ।