नेपाल आईपुगिन् एन्जिला

...

काठमाडौँ । एन्जिला तुम्बापो सुब्बा आज नेपाल आईपुुगेकी छन् । आफूबारेको फिल्म ‘अञ्जिला’को प्रचारप्रसारका लागि अभिनेत्री तथा राष्ट्रिय महिला फुटबल खेलाडी एन्जिला शुक्रबार नेपाल आएकी हुन् । ४ दिनको नेपाल बसाइमा उनले काठमाडौंसहित ९ सहरमा पुगेर फिल्मको प्रचारमा जुट्नेछिन् ।

आजै उनले दिउसो ३ बजे, क्युएफएक्स सिनेमा छाया सेन्टर, ठमेल र साँझ ५ः३० बजे क्युएफएक्स सिनेमा, लबिम मल, पुल्चोक पुगेर दर्शकसँग साक्षात्कार गर्नेछिन् । त्यसपछि पोखरा, नेपालगञ्ज, विर्तामोड, धरान, इटहरी, चितवन र दाङ पुगेर त्यहाँका हलमा दर्शकसँग भेट्नेछिन् ।

उनको जीवनको कथामा आधारित फिल्मले यतिबेला नेपालका हलमा राम्रो कमाइ गरिरहेको छ । शुक्रबारदेखि १९ अन्तर्राष्ट्रिय बजारमा समेत प्रदर्शनको तयारी छ । एन्जिला हाल ग्रीसमा व्यवसायिक फुटबल खेलिरहेकी छिन् ।