राजेश हमालले सुरु गरे ‘नरसिंहा अवतार’को डबिङ

...

काठमाडौं । महानायक राजेश हमालले चलचित्र ‘नरसिंहा अवतार’को डबिङको काम सुरु गरेका छन् । लामो समयपछि राजेश हमालले अभिनय गरेको नरसिंहाको अहिले डबिङको काम चलिरहेको छ । यसैबिच हिजो बिहीबारबाट हमालले आफ्नो डबिङको काम सुरु गरेका हुन् । फिल्मको डबिङ काठमाडौंको अनामनगरमा रहेको सम्राट फिल्मस्मा भइरहेको छ ।

यो फिल्म चैतमा रिलिज हुने भनिएको थियो । तर काम नसकिएको भन्दै निर्माण टिमले पछि सारेको छ । अब जेठमा आउन सक्ने बताइएको छ । फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् ।