
काठमाडौं । लोकप्रिय गजल गायक राज सिग्देलले एकल गजल गायन गर्ने भएका छन् । आगामी शनिबार (चैत १६ गते) नयाँ बाँनेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा बिम्ब उत्सवमा राज सिग्देलले एकल गजल प्रस्तुत गर्ने बताइएको छ ।
बिम्ब आर्टसको प्रस्तुतीमा हुने यस एकल गजल गायन दिउँसो ४ बजेबाट सुरु हुने बताइएको छ । आयोजक बिम्ब आर्टस्की संगीता थापा थापा मगरका अनुसार कार्यक्रममा अन्य संगीतकारहरु चण्डिप्रसाद काफ्ले, सुरेश गैरे, केशव पौडेल, एलिया सुनुवार, राज सागर र दिनेश गौतमको पनि उपस्थिती रहनेछ ।
गायक राज सिग्देलले १३ बर्षपछि आफूले एकल गजल गायन गर्न लागेको जानकारी दिए । ‘१३ बर्षअघि नाँचघरमा एकल गजल गायन गर्ने मौका पाएको थियो । यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने, बुझ्ने मौका पाएको छु, त्यसैले कार्यक्रमको अवधिभर मेरो झण्डै २० वटा गजल प्रस्तुत गर्ने कोशिस गर्नेछु ।’ गायक सिग्देलले आर्टिष्ट खबरसँग भने । ‘कार्यक्रमको समयावधि दुईघण्टा राखेका छौं ।’
टिकट दर ५ सय र १ हजार रुपैंया राखिएको आयोजकले जनाएको छ ।