
काठमाडौँ । फिल्ममा स्वस्तिमाको १० वर्ष पुरा हुदै गर्दा भन्छीन् अब अभिनयभन्दा निर्माणमा रुचि छ । आगामी अगस्टमा स्वस्तिमा खड्काको फिल्म करिअरले १० वर्ष पुरा गर्दैछ । अगस्ट २१, २०१५ मा उनको पहिलो फिल्म ‘होस्टेल रिटन्र्स’ प्रदर्शनमा आएको थियो ।
प्रदर्शन तयारीमा रहेको ‘वसन्त’ उनको चौधौं फिल्म हो । निर्मात्रीको रुपमा ‘बेहुली फ्रम मेघौली’ उनको पहिलो फिल्म हो । उनले अबको १० वर्ष आफ्नो लागि विशेष हुने बताइन् ।
बितेको वर्ष सिकेको अनुभवलाई आउने वर्ष प्रयोग गर्न पाउने आशा उनले व्यक्ति गरिन् । भन्छिन्, ‘मैले बितेको १० वर्षमा जति कुरा सिकेँ, अब ती अनुभवलाई आगामी १० वर्षमा प्रयोग गर्न पाउँछु होला । मेरो लागि अबको १० वर्ष विशेष हुन्छ ।’आफूलाई यतिबेला अभिनयभन्दा पनि निर्माणतर्फ रुचि जागेको बताउँदै उनले आगामी दिनमा निर्माताको भूमिकामा फिल्ममा काम गर्न मन लागेको बताइन् ।