
काठमाडौं । आज (शनिबार) हुने भनिएको ‘राज सिग्देल एकल गजल गायन’ देशको अहिलेको परिस्थिती हेरेर एक साताका लागी सरेको छ । आज साँझ ४ बजेदेखी नयाँ बाँनेश्वर, थापागाउँस्थित मण्डला थिएटरमा बिम्ब उत्सवमा राज सिग्देलले एकल गजल प्रस्तुत गर्ने बताइएको थियो । तर हिजो (शुक्रबार) देशको आन्दोलनको परिस्थितीले माहोल बिग्रिएका कारणले आयोजक बिम्ब आर्टसले एक साताका लागी सारेको जानकारी गराएको हो ।
आयोजकले अर्को मिति छिट्टै तोकिने जानकारी गराएको छ । साथै जजसले टिकट काट्नुभएको छ उहाँहरुको उक्त टिकट मान्य हुने जानकारी दिइएको छ ।