अनमोल केसीको जन्मदीन, कती बर्ष पुगे ?

...

काठमाडौँ  । आज अभीनेता अनमोल केसीको जन्मदीन  । कती बर्ष पुगे त उनी ? २०५१ साल चैत १७ गते जन्मिएका उनी आजबाट ३२ बर्षमा प्रवेश गरीसकेका छन् । आमा सुस्मिता बमजन र बाबु भुवन केसीका एक्ला छोरा हुन् उनी । आमा बुवा दुुबै चलचीत्र क्षेत्रमा भएका कारण पनी उनको कलकारीता यात्रा सहज नै भयो । उनलाई पछील्लो पुुस्ताका दर्शकले नीकै रुचाउँछन् ।

दर्शकका लागि सुपर स्टार, मेघा स्टारको उपाधि पाए पनि अनमोलको जीवन शैली साधारण छ । उनलाई होहल्ला, भिडभाड, नेम फेम भन्दा पनि शान्ति मन पर्छ, अध्यात्म तर्फ उनको रुचि छ ।

फिल्म क्षेत्रमा चलेको नायकको छवि बनाएका अनमोल व्यक्तिगत रूपमा खासै खुल्दैनन् । प्रश्नको जवाफ दिएर चुप रहने उनी अन्तर्मुखी छन् । आफै भित्र रमाउने उनी झट्ट कसैलाई विश्वास गर्दैनन् । आउनै पर्ने समय जस्तै फिल्म प्रचारमा बाहेक उनी मिडियामा अनुपस्थित नै रहन्छन् । उनी आफ्नो व्यक्तिगत जीवनलाई गोप्य नै राख्न चाहन्छन् ।