अन्तरिक्ष यात्रा गर्दै केटी पेरी

...

काठमाडौँ ।  पपस्टार केटी पेरीले अब अन्तरिक्षको यात्रा गर्ने भएकी छन्। उनी ब्लु ओरिजिन नामक अन्तरिक्षयान निर्माता कम्पनीको नयाँ सेपर्ड रकेट चढेर अन्तरिक्षको यात्रामा निस्कने भएकी हुन्। जुन उडानमा सबैजना महिला सदस्य हुनेछन् भने सन् १९६३ मा सोभियत संघकी भ्यालेन्टिना तेरेस्कोभाको एकल अभियानपछि यो पहिलो महिला अन्तरिक्ष उडान हुनेछ।

सो उडानमा केटीका साथ ब्लु ओरिजिनका मालिक जेफ बेजोसकी प्रेमिका लरेन सान्चेज, पत्रकार गेल किंग, नासाका पूर्वरकेट वैज्ञानिक आइसा बोवे, नागरिक अधिकार कार्यकर्ता अमान्डा नुगुएन र फिल्म निर्माता केरियन फिल्न पनि सहभागी हुनेछन्। ब्लु ओरिजिनका अनुसार नयाँ सेपर्डको यात्रा सामान्यतया ११ मिनेटको हुन्छ भने पाइलट बिना उडान भर्ने सो यान पूर्णतया स्वतन्त्र हुनेछ।

यसले कार्मन रेखा नामक अन्तरिक्ष किनारालाई समेत पार गर्नेछ। सो यात्राको मिति भने तोकिएको छैन, तर आगामी अप्रिल २३ देखि नोभेम्बर ११ सम्म केटी पेरीको लाइफटाइम टुर हुने भएकाले सोभन्दा अघि नै उनको स्पेस यात्रा हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गरेका छन् ।