मिलन नेवारको ‘तिमी टाढा छौ’ सार्वजनिक

...

काठमाडौँ । गायिका मिलन नेवारको नयाँ गीत ‘तिमी टाढा छौ’ सार्वजनिक गरिएको छ । गायिका नेवारले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् । राजनराज शिवाकोटीको शब्द र संगीत रहेको गीतको भिडियोमा मिलन नेवार, रामचन्द्र अधिकारी (गोक्ते काजी), राजनराज शिवाकोटी र बालकलाकार परिना भण्डारीको अभिनय छ । बाल कलाकार परिनाको यो डेब्यु अभिनय हो ।

गीतमा आमाले सानी छोरी छोडेर वैदेशिक रोजगारीमा गएपछिको सन्दर्भलाई देखाइएको छ । राजुजँग बस्नेतको कथा एवं निर्देशनमा तयार भिडियोमा आमा–छोरी र हजुरबुवाको सम्बन्धलाई मार्मिक रुपमा प्रस्तुत गरिएको छ । गीतको भिडियोमा अमृत सुनुवारको छायांकन, निर्देशक बस्नेतकै सम्पादन छ ।

केही समयमा नै ‘सुनसान रात २ – भाग २’को ‘बिर्सिदे भन्छ्यौ’ पनि रिलिज गर्ने निर्माण पक्षले जनाएको छ । गीतमा ‘तिमी टाढा छौ’मा देखाइएको बिछोड पछाडिको रहस्यलाई देखाइने जनाइएको छ ।