काठमाडौँ । अमित अग्रहरिको निर्माण र विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘आउटलः दफा २१९’ अब हिन्दी भाषामा रिलिज हुने भएको छ । फिल्मका निर्माता अग्रहरिले फिल्म हिन्दी भाषामा डब गरिएको र चाडै नै रिलिज हुने जानकारी दिए । फिल्म हलमा रिलिज हुने वा ओटीटीबाट रिलिज गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । फिल्मको हिन्दी भर्सनमा ‘केजीएफ’ जस्तो चर्चित दक्षिण भारतीय फिल्ममा आवाज दिने कलाकारहरूले स्वर भरेका छन् । फिल्मको हिन्दी ट्रेलरमा दर्शकको उत्कृष्ट प्रतिक्रिया आइरहेको छ ।
फिल्ममा सुशील श्रेष्ठ, शिक्षा सङ्ग्रौला, नरेश पौडेल, सुमन भण्डारी लगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मले नेपाली दर्शकहरूमाझ पनि राम्रो छाप छाडेको थियो । अझै पनि हलमा चलिरहेको यो फिल्मको एक्सन पाटोलाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । नेपालमा राम्रो प्रतिक्रिया पाएपछि विदेशी बजारमा पनि यो फिल्मको माग राम्रो देखिएको छ ।
फिल्म युरोप, बेलायत, अस्ट्रेलिया, अमेरिका, जापान, कतार, दुबई लगायतका देशमा रिलिज हुँदै छ । साहिल खानको सम्पादन रहेको यो फिल्ममा चुल्ठे काजीको एक्सन, नवीन गुरुङको डीओपी छ ।







२१ चैत्र २०८१, बिहीबार ११:२५ 








