निशाले चलचित्रमा लगानी गर्ने, मुख्य भुमिकामा भने बेनिशा हमाल

...

पुस, काठमाडौं । नायिका निशा अधिकारी पनि निर्मात्री बन्ने तयारीमा जुटेकी छिन् । उनले निर्माण गर्न लागिएको चलचित्रको लोकेशनको छनोट क्रम चलिरहेको छ । नाम नखुलाइएको यस चलचित्रलाई सिमोस सुनवारले निर्देशन गर्दैछन् ।
benisha-hamal-and-nisha-adhikari-nepali-actress-artist-khabarनिशा र सिमोसको लगानी रहने यस चलचित्रमा नायिका वेनिशा हमालको मुख्य भूमिका रहने बताइएको छ । द एल्लो ब्याण्ड क्रियसनको ब्यानरमा यो चलचित्र बन्ने बताइएको छ ।

यसअघि अन्य नेपाली नायिकाहरु पनि निर्मात्री भैसकेका छन् । यसअघि नायिका रेखा थापा, झरना थापा, शिल्पा पोख्रेल लगायतका नायिकाहरुले चलचित्र निर्माण गरीसकेका छन् ।