पोखरा हिँडेका दर्जनौं कलाकार ६ घण्टादेखि एयरपोर्टमै रोकिए

...

काठमाडौँ । आज पोखरामा हुन गइरहेको पुरुषोत्तम न्यौपाने सांगीतिक साँझका लागि काठमाडौँबाट जाँदै गरेका दर्जन बढी कलाकारहरु एयरपोर्टमै रोकिएका छन्। विभिन्न जहाजहरु मौसम खराबीका कारणले उड्न नसकेपछि दर्जन बढी चर्चित चर्चित गायक तथा गायिकाहरु रोकिएका हुन् । कतिपय कलाकारहरु फर्किएका छन् भने कतिपय एयरपोर्टमै अहिले जहाज उड्ने आशामा कुरिरहेका छन् ।

जसमा कलाकारहरू गायक कुलेन्द्र विश्वकर्मा, रामजी खाड, कृष्ण रेउले, राजु गुरुङ त्यसैगरी गायिका मन्जु पौडेल, सम्झना भण्डारी, कला लम्साल  लगायतका थुप्रै कलाकारहरु रहेका छन्।

गायिका मन्जु पौडेल कला लम्सल लगायत केही कलाकारहरू फर्किसकेका छन् भने अन्य कलाकारहरु जहाजको पर्खाइमा छन्। आज शुक्रबार ३ बजे पुरुषोत्तम न्यौपाने साङ्गीतिक साँझ पोखराको सभागृहमा भव्यताका साथ आयोजना हुँदैछ। जसलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आयोजना गरेको हो।