दुर्गेशलाई फिल्ममा अफर

...

काठमाडौं । ‘दुश्मन हेरेको हेर्‍यै’ गीत हीट भएपछी यतिबेला दुर्गेश थापा देश दौडाहामा छन् । अब एक महिनापछी उनको सांगीतिक यात्रा विदेशतिर सुरु हुनेछ । ‘पहिलो चरणमा युरोप, अमेरिका र त्यसपछि अष्ट्रेलियामा उनको कार्यक्रम हुनेछ  ।

यसबीचमा आफूलाई फिल्मको हिरोको लागि पनि अफर आएको उनले बताए । तर, हतारिएर अर्को विधामा हामफाल्ने निधो नगरेको उनले बताए । ‘अफर आउना साथ हौसिएर गीतसंगीत छोडेर त्यता लाग्दा भोली यता न उता भैयो भने के गर्नी ? बडो डर र जोखिम छ । उनि थप्छन् त्यस्तो जोखिम अहिले नमोलौ, हेरौ पछि के हुन्छ  अहिले गीतसंगीतमा लागौं , रमाउ दर्शक श्रोताको मन जितिरहूँ  यही मान्यतामा हिँडेको छु ।