
काठमाडौं । खगेन्द्र लामिछाने र वर्षा राउतको शीर्ष भूमिका रहेको फिल्म ‘हर्ष’को छायांकन सकिएको छ । पोस्ट-प्रोडक्सनको काम सकेपछि मात्रै प्रदर्शन मिति घोषणा गर्ने तयारी छ । फिल्ममा खगेन्द्र र वर्षासहित सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापितको पनि अभिनय छ ।
फिल्मलाई आलोक शुक्लाले खिच्नेछन् भने संगीत वसन्त सापकोटा तथा एलिस कार्कीको हुनेछ । लोकेश बज्राचार्यले सम्पादन गर्ने फिल्ममा सुनिल क्षेत्री नृत्य निर्देशन हुनेछ ।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मका निर्मातामा प्रसन्न पौडेल र विकास पौडेल छन् । कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।