काठमाडौं । ‘इन्डियन आइडल १५’को उपाधि मानसी घोषले जितेकी छन् । आफ्नो जादुमयी आवाजले करोडौं दर्शकको मन जितेकी उनले ट्रफीसँगै २५ लाख भारु नगद पुरस्कार प्राप्त गरिन् । योसँगै उनले नयाँ चम्किलो कार पनि पाइन् । जितपछि उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो छ । ‘इन्डियन आइडल’को आधिकारिक इन्स्टाग्राम अकाउन्टले पनि घोषलाई बधाई दिएको छ ।
फिनालेमा स्नेहा शंकर, सुभाजित चक्रवर्ती, चैतन्य देवधे (माउली), प्रियङ्शु दत्त र मानसी घोष थिए । जसमध्ये स्नेहा, मानसी र सुभाजित ‘टप ३’ मा परे । मानसी बिजेता भइन् भने स्नेहा शंकर सेकेन्ड रनरअप भइन् । स्नेहाले ५ लाख भारु जितिन् । टी-सिरीजका भुषण कुमारले स्नेहासँग रेकर्डिङ सम्झौता गरेका छन् ।
मानसी यसअघि गायन रियालिटी शो ‘सुपर सिंगर’ को तेस्रो सिजनमा पनि सहभागी भइन् । त्यसमा उनी फस्ट रनरअप भइन् । मानसीले सिजनभर आफ्नो मीठो स्वर र धुनले दर्शकको मात्रै होइन दर्शकको मन पनि जितिन् ।







२५ चैत्र २०८१, सोमबार १२:३३ 








