गोकर्णेश्वरमा नेपथ्यको कन्सर्ट

...

काठमाडौँ । लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले काठमाडौँको गोकर्णेश्वरमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर हालै स्वदेश फर्किएको ब्यान्डले यहि चैत ३० गते शनिबार गोकर्णेश्वरमा प्रस्तुति दिन लागेको हो । नेपथ्यले दुई वर्षपछि काठमाडौँ उपत्यकामा कन्सर्ट गर्न लागेको हो । यसअघि २०७९ पुसमा नेपथ्य भृकुटी मण्डपमा प्रस्तुत भएको थियो ।

कन्सर्ट गोकर्णेश्वरस्थित हनुमानचोक नजिकै खुला मैदानमा हुनेछ । यसलाई स्थानीय तन्नेरीहरूको समूह ‘ग्राउन्ड अफ इभेन्ट्स’ ले प्रस्तुत गर्न लागेको हो । गोकर्णेश्वरको कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।

गोकर्णेश्वरको कार्यक्रमपछि आगामी महिना फेरि अस्ट्रेलियामा जस्तै शृंखलाबद्ध प्रस्तुति लिएर आफूहरू अमेरिका जाने तयारीमा छ ब्याण्ड ।