
काठमाडौँ । गायिका देविका बन्दनालाई इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंले सम्मान प्रदान गरेको छ। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम समारोहमा क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेकी गायिका बन्दनालाई सम्मान प्रदान गरिएको हो।
संस्थाका नेपाल प्रतिनिधि तिर्थराज आचार्यले सञ्चालन गरेको कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा.अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिए।
कार्यक्रममा गायिका देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा. उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए।