चलचित्र ‘कल्ली’ मा अर्पण थापाको लुक्स सार्वजनिक

...

काठमाडौँ । हाल छायांकन भइरहेको फिल्म ‘कल्ली’ को सेटबाट अभिनेता अर्पण थापाको लुक्स सार्वजनिक भएको छ। यो फिल्मको विगत केही सातादेखि जुम्लामा छायांकन भइरहेको छ। काठमाडौंमा केही दिन छायांकन गरेर यसको निर्माणपक्ष जुम्ला पुगेको हो।

लक्ष्मण सुनारले निर्देशन गरिरहेको फिल्ममा अर्पण थापाको लुक्सले दर्शकहरूमा कौतुहलता बढाउने देखिन्छ। निर्माणपक्षले फिल्ममा उनको भूमिका के हो भन्ने खुलाएको छैन। अब एक सातामा छायांकन सकिने स्रोतले बताएको छ। लेकाली इन्टरटेनमेन्ट र कस्तूरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ। महेश दवाडीको लेखन रहेको फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रूपमा छन्।

फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपालीलगायत कलाकारको अभिनय छ। निसाल पौडेलको छायांकन रहेको यो फिल्मको प्रदर्शन मिति भने तय गरिएको छैन।