
काठमाडौँ । मिस नेपाल जितेको २५ वर्षपछि फिल्ममा उषा खड्गी । मिस नेपाल जितेको २५ वर्षपछि उषा खड्गीले फिल्ममा डेब्यु गरेकी छन् । उनले अभिनय गरेको फिल्म ‘नरसिंहा अवतार’ जेठ ९ गते देखि प्रदर्शन तयारीमा छ ।
यसैबीच खड्गीको क्यारेक्टर लुक्ससहितको पोस्टर सार्वजनिक भएको छ । दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा राजेश हमाल, नीर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, नीति शाह, सनिशा भट्टराई, दीपा शाही लगायतका कलाकारको अभिनय छ ।
यो फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।