पवन गिरीले ल्याए ‘वास्तविकता’

...

काठमाडौँ ।  नेपाल आइडल सिजन २ का सहभागी गायक पवन गिरीले नयाँ गीत ‘वास्तविकता’ ल्याएका छन्। गायक गिरीकै शब्द र संगीत रहेको गीतमा उनकै स्वर सुन्न सकिन्छ।  गीतमा संगीत संयोजनसमेत गिरीले नै गरेका छन्।

गीतले सामाजिक यथार्थ, संघर्ष र भावनात्मक सम्वेदनालाई समेटेको छ भने भिडियोको छायांकन, सम्पादन र प्रस्तुतिमा पनि गहिरो परिश्रम झल्किएको छ।गीरीले भनेका छन्, ‘यो गीत मेरो जीवनका केही अनुभूति र देखेका यथार्थ घटनाहरूको प्रतिनिधित्व हो। दर्शक-श्रोताले यसलाई आत्मासँग जोड्नेछन् भन्ने विश्वास छ।