फिल्म गायनमा जोन राईको डेब्यु

...

काठमाडौं । पछिल्लो समय एकपछि अर्को गरि चर्चित गायकले फिल्मी गायनमा डेब्यु गरिरहेका छन् । बालेन, सुशान्त केसी, मिस्टर डी, दुर्गेश थापाले फिल्मको गीत रेकर्ड गरिसके । यो मेसोमा पछिल्लो पुस्ताका चर्चित गायक जोन राई जोडिएका छन् । युट्युब र स्पोटीफाईमा निकै सुनिएका र पछ्याइएका जोन पछिल्लो दर्शकीय पुस्ताका ढुकढुकी हुन्, जो विशिष्ट गायन शैलीले परिचित छन् ।

यस्तोमा, जोनले अनमोल केसी स्टारर ‘जेरी अन टप’मा एक गीत गाएका छन् । जोनअघि यो फिल्मको संगीतमा कालिप्रसाद बाँसकोटा, जयन जे वाइवा, एसडी योगी, ब्रिजेश श्रेष्ठ संलग्न भैसकेका छन् । सुयोग गुरुङ निर्देशित फिल्ममा अनमोलसहित केदार घिमिरे, आँचल शर्मा लगायतको अभिनय छ ।