४९ वर्ष लागे माग्ने बुढा

...

काठमाडौँ ।  ४९ वर्ष लागे माग्ने बुढा । माग्ने बुढा अर्थात केदारप्रसाद घिमिरेले आज ४९ औं जन्मदिन मनाउँदैछन् । सामाजिक संजालमा प्रशंसकले उनलाई शुभकामना दिइरहेका छन् । उनी अहिलेका डिमान्डेड कलाकार । यति ब्यस्त छन् कि निजी जीवन छैन । एकपछि अर्को फिल्म साइन गरेका छन् । जन्मदिनमा पनि छायांकन सेटमै ब्यस्त ।

गतसाता ‘जेरी अन टप’को सकेका उनी अहिले ‘माग्ने राजा’को छायांकनमा ब्यस्त छन् । कुनै समय सानो पर्दामा देखिने रहर मेटाउन निर्देशकको ढोका चहार्ने केदारलाई आफ्नो फिल्ममा लिन निर्माताको हानथाप हुने गरेको छ ।