
काठमाडौं । जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक नयाँ पोस्टरमा फिल्मका मुख्य नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलाई स्थान दिइएको छ । सार्वजनिक पोस्टरले फिल्म भित्र राज र सनिषालाई रोमान्टिक जोडीको रुपमा हेर्न सकिने बुझ्न सकिन्छ ।
फिल्ममा राजेश हमाल, सरोज खनाल, निर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, रमेश चन्द सोडारी, राजिभ जंग बस्नेत, प्रकाश कुँवर, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ ।
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, नेम महर्जनको लगानी छ ।