‘जार’को ट्रेलर सार्वजनिक

...

काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित फिल्म ‘जार’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरसँगै निर्माताले प्रदर्शन मिति घोषणा गरेका छन् । यो फिल्म नेपालमा बैशाख २६ गते प्रदर्शन हुने जनाइएको छ । सबै छायांकन भारतको सिक्किममा भएको फिल्मको शीर्ष भूमिकामा गीताञ्जली थापा, अनुपविक्रम शाही र सौगात मल्ल छन् ।

गीताञ्जलीले फिल्म ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय चलचित्र अवार्ड जितेकी थिइन् । उनका फिल्म टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन् ।

व्यावसायिक मोडलिङपछि सन् २०१० मा उनले भारतीय फिल्म ‘टीना की चाबी’बाट अभिनयमा डेब्यु गरेकी थिइन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’को सिजन १ मा उनले नायानिका सेहेगलको भूमिका निर्वाह गरेकी थिइन् ।