सिनेमा हलमा ‘पिताम्बर’ र ‘कर्मा’

...

काठमाडौं । २०८१ का दुई अन्तिम फिल्महरु पिताम्बर तथा कर्मा आज चैत २९ गते शुक्रवारदेखि प्रदर्शनमा आएका छन् ।कृषा चौलागाईंद्वारा निर्देशित ‘पीताम्बर’ तथा सौरभ चौधरीद्वारा निर्देशित ‘कर्मा’ आजदेखि प्रदर्शनमा आएका हुन् । नयाँ वर्ष २०८२ को पूर्व सन्ध्या पारेर यी दुई फिल्म प्रदर्शनमा आएका हुन् । देशका मल्टिप्लेक्स र सिंगल हलहरूले बुधबारदेखि यी फिल्मका लागि बुकिङ खुलाएका थिए । दुबै फिल्मलाई सन्तोषजनक शो दिएका छन् । संयोगको कुरा के छ भने दुबै फिल्म एकै जनरामा बनेका छन् ।

दुबै फिल्मका निर्माता तथा निर्देशक यी फिल्मले दर्शकको मन जित्ने कुरामा आशावादी देखिएका छन् । दुबै फिल्ममा बलियो स्टारकास्ट भएकाले पनि दुबै फिल्मका निर्माता आफ्नो फिल्मले दर्शकलाई सिनेमा हालसम्म ल्याउने कुरामा ढुक्क देखिएका हुन् ।  मल्टि स्टारर फिल्म ‘पिताम्बर’ मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सुरक्षा पन्त, रविन्द् झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, सुरवीर पण्डित, विशाल पहारी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, बाल कलाकार आर्नव घिमिरे, प्रयुसदत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाई र सुप्रोल बुढाथोकीको अभिनय छ । विशाल चौलागाई निर्माता रहेको यो फिल्म केपी फिल्मसको व्यानरमा निर्माण भएको हो ।

कर्मा मा अभिनेता विपिन कार्की मुख्य भूमिकामा छ्न् । निर्देशक चौधरीले अभिनेता कार्कीलाई पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत गर्ने हिम्मत गरेका छन्, जसको परिणाम एक दुई दिनमै देख्न पाइने छ । यो फिल्ममा उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेतलगायत कलाकारको पनि मुख्य भूमिका छ ।