अमरदिप र समिक्षाको स्वरमा ‘अरे वाह’ गीत सार्वजनिक

...

चैत, काठमाडौं । नयाँ गीत ‘अरे वाह’ सार्वजनिक गरिएको छ । अमरदिप बिसी र समिक्षा अधिकारीको स्वरमा रहेको उक्त गीत बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो । गीतमा शब्द र संगीत पनि गायक अमरदिपकै रहेको छ । संगीत संयोजन बिमल छिनालले गरेका हुन् ।

गीतको भिडिओमा भने सागर लम्साल, आयुषा पोखरेल, उमेश कुमार, सुरक्षा ईटानी लगायतको अभिनय देख्न सकिन्छ । देव दोर्जे लामाले खिचेको भिडिओमा सुरेन्द्र बसेलको निर्देशन, कोरियोग्राफी र राकेश दाहालको सम्पादन रहेको छ ।