‘नमस्ते ढोगदिया’ गायिका कबिता खत्रीलाई सर्बोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड

...

चैत, काठमाडौं । तीन महिना अघि युट्युवमा सार्वजनिक ‘नमस्ते ढोगदिया’ बोलेको गीतकी गायिका कबिता खत्रीले सर्बोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी छिन् । बिहीबार काठमाडौंमा आयोजीत १५ औं बिन्दाबासिनी म्युजिक अवार्ड २०८१ मा उनलाई अवार्ड प्रदान गरियो ।

गायिका कबितालाई वरिष्ठ गायक, सर्जक दुर्गा रायमाझी लगायतका अतिथिले ले अवार्ड प्रदान गरे । साथै अवार्ड पाएसँगै गायिका कबिताले खुसी ब्यक्त गरिन् । गीत सार्वजनिक भएको छोटो समयमै दर्शक तथा स्रोताले दिएको मायासँगै बिन्दाबासिनी अवार्डले आफूलाई सम्झिएकोमा उनले खुसी ब्यक्त गरेकी थिएन् ।

उनीसँगै मुना मदनबाट सिमा नेपाली, ढल्क्यो लाकुरीबाट सिता परियार, बस्यौ अलक्कैबाट शान्तीश्री परियार र माया आउने बसबाट देवी घर्ति मनोनयनमा परेका थिए । अन्ततः नमस्ते ढोगदियाबाट कबिताले अवार्ड पाउन सफल भइन् ।