वेस्टर्न मोटर्सले टाटा गाडी किन्नेलाई दियो आईफोन १६ उपहार

...

काठमाडौँ । काठमाडौंको नारायण गोपाल मार्गमा रहेको वेस्र्टन मोटर्सले आफ्ना टाटाका ग्राहक मध्ये एकजनालाई लक्की ड्र मार्फत आईफोन १६ उपहार दिएको छ । वेस्टर्न मोटर्स गएको मार्च महिनाको ६ तारिक देखी ३१ सम्म टाटाका गाडी खरिद गर्ने प्रत्येक १६ जना मध्ये १ जनालाई लक्की ड्र मार्फत आईफोन १६ उपहार दिने घोषणा गरेको थियो । सोहि अनुरुप तोकिएको मितिमा जम्मा २५ वटा गाडी बिक्री भएको र एकजनालाई आईफोन १६ उपहार दिएको जानकारी दिइएको छ ।

आईफोन १६ प्राप्त गर्नेमा ललितपुरकी रिना जोशी रहेकी छिन् । लक्की ड्र कार्यक्रममा रिना उपस्थित थिइनन् । त्यसैले उनलाई केहि समयमा उक्त उपहार प्रदान गरिने जानकारी दिइयो । वेस्टर्न मोटर्सका अध्यक्ष खगेन्द्र बमले आफ्नो कम्पनीबाट गाडी खरिद गर्ने गा्रहकलाई खुसी बनाउनका लागी मार्च महिनामा नयाँ स्किम ल्याएको जानकारी दिए ।

western moters

साथै उनले आगामी दिनमा पनि वेस्टर्न मोटर्सले यस्तै स्किम ल्याउँदै जाने बताए । कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कलाकार शेरबहादुर डिसीले यसरी कम्पनीले समय समयलाई ल्याउने स्किमले ग्राहकहरुमा टाटाका सवारी साधन किन्नमा रुचि जगाउने बताए ।