
काठमाडौँ । आज कलकार दीपकराज गीरीको जन्मदीन । नयाँ वर्षमा जन्मिएका दीपक आजबाट ५० बर्षमा लागेका छन् । दीपकराज गिरी ०३२ सालमा काठमाडौंको दहचोकमा जन्मे । २०४९ मा रेडियो नाटक आमाबठेइबाट हास्यकलाकारिता सुरु गरेका दीपकले नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिशृंखला ’तीतो सत्य’ निर्माण गरे । ’तीतो सत्य’बाट दीपकको लोकप्रियता बढ्यो ।
दीपकले करिअरका सुरुवातमा चलचित्रहरूमा हास्य कलाकारको रूपमा अभिनय पनि गरे । दीपकको मुख्य भूमिका रहेको सुन्दर मेरो नाम चलचित्र खासै जम्न सकेन । तर चलचित्र क्षेत्रमा छ एकान छ बाट उनको टिमले सफलता हासिल गर्यो ।
त्यसयता वडा नम्बर ६, छ माया छपक्कै देखी छक्कापञ्जा सीरीजसम्म आइपुग्दा चलचित्र क्षेत्रमा उनको सफलता निकै चुलिएको छ । उनी सफल कलाकार बनीसकेका छन् ।