फिरोज तिमल्सिनाको ’बुलाकी नानी’ सार्वजनीक

...

काठमाडौँ । फिरोज तिमल्सिनाको ’बुलाकी नानी’ बोलको गीत सार्वजनीक भएको छ । दुुई दिनअघि फिरोज तिमल्सिनाको आफ्नै युट्युब च्यानल मार्फत यो गीत सार्वजनीक गरीएको हो । फिरोजकै आवाज रहेको यो गीतमा उनी स्वयम् र प्रकाश नेपालीको शब्द रहेको छ । संगीत प्रकाश नेपालीले भरेका छन् । गीतको म्युजिक भिडियोमा फिरोज र नायिका साहारा कार्कीसँगै अन्य कलाकारहरु फीचर्ड छन् । लोकपप विधाको यो गीतमा

नाकैमा फुली लाऊ,कानैमा झुुम्का लाऊ
सुुहाउँछ तीमीलाई फुलबुट्टे सारी
सुुहाउन्न तीमीलाई लिपिस्टिक ए काली
बुुलाकी लगाउने नानी यसपाली लैजाने हो हामी.. लगायतको शब्द समेटीएको यो गीतमा माया प्रेमको कुरा गरीएको छ । फीरोज तीमल्सीना गायक मात्र नभएर नायक पनी हुन् । ‘दर्पणछाया २’ चलचीत्रमा उनले काम गरेका छन् यस्तै केही म्युजीक भीडीयोहरु पनी खेलेका छन् ।

फिरोजले एपिवान टीभीमा कार्यक्रम उत्पादन र उद्घोषक, ‘नेपाल आइडल’को प्रोड्युसर र ‘द भ्वाइस अफ नेपाल’को चिफ असिस्टेन्ट डिरेक्टरको रुपमा काम गरीसकेका छन् । साथै फिरोजले पछिल्लो सयम आफ्नै युट्युव च्यानलमार्फत मनोलय पोडकास्ट सन्चालन गर्दै आएका छन् । मनोलय पोडकास्ट आर्टिष्ट खबरको अफिसियल फेसबुक पेज र टिकटकमा पनि हेर्न सकिन्छ । त्यस्तै, सहारा कार्कीले पनी तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी थिइन् । यसपछि उनी फिल्म अभिनयमा सक्रिय छैनन् ।