प्रिया सेन्चुरी र मनिषको आवाजमा ‘काठमाडौंको हिरोइन’ गीत सार्वजनिक

...

काठमाडौं । गायक मनिष श्रेष्ठ र गायिका प्रिया सेन्चुरीको स्वरमा नयाँ गीत ‘काठमाडौंको हिरोनी’ सार्वजनिक गरिएको छ । मनिष श्रेष्ठको युट्युवमा सोमबार गीतको भिडिओ सार्वजनिक गरिएको हो । गीतमा गायक मनिषकै शब्द र संगीत छ भने संगीत निर्माता बादल थापा हुन् ।

गीतको भिडिओलाई निर्देशनको काम पनि गायक मनिषले नै गरेका छन् । यस्तै भिडिओमा मनिषसँगै सन्जना गुरुङ र जुना कार्कीले अभिनय गरेका छन् । अमन बडुले खिचेको भिडिओ नबिन निरौलाले सम्पादन गरेका हुन् ।