
काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका गायक बिमल परियारको दुईसाता अघि सार्वजनिक गाउँघरे माया बोलेको गीतले दर्शक तथा स्रोताको मन जित्दै गएको छ । गीतको कमेन्टमा सकरात्मक कमेन्टहरु आईरहेका छन् । गीतमा गाउँघर मेलापातका क्रममा लगाईने निश्चल मायाप्रेमको कुरा देखाईएको छ ।
गर्दा गर्दै बनपाखा दाउरा घाँस
थाहै नपाई पलायो मनमा आश
डाडैमा चिल बसेको छ
गाउँघरे मायासँग बेसरी दिल बसेको छ…. लगायतको शब्द समेटिएको छ । यस गीतमा लोकप्रिय सर्जक रमेश बि.जी.को शब्द, बिमल परियारको लय, बत्ती कुमारी थापाको र बिमल परियारकै आवाज, मुकेश नेपालीको निर्देशन, विजय पुन र सन्जना गुरुङको अभिनय रहेको छ ।