निखिल उप्रेतीले चलाएका छैनन् अहिलेसम्म फेसबुक, तर कसले खोल्यो उनका नाममा यतीधेरै आईडिहरु

...

पुस, काठमाडौं । चर्चित आर्टिस्ट निखिल उप्रेतीका फ्यान निकै धेरै छन् । पछिल्लो समय सामाजिक सञ्जाल बिस्तार भएसँगै सेलिब्रेटीका फ्यान अझ बढेको पाइन्छ । तर एक्सन स्टार निखिल उप्रेतीले भने अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल प्रयोग गरेका छैनन् ।

nikhil-upreti-artist-khabarनिखिलले बताएअनुसार आँफुले अहिलसम्म सामाजिक सञ्जाल फेसबुक, ट्विटर, इस्ट्राग्राम जस्ता कुनैपनि चर्चित साईटहरुको एकाउन्ट नखोलेको बताएका छन् । तर सामाजिक सञ्जालमा उनका नाममा एकान्टहरु थुप्रै भेटिन्छन् । उनले बताएअनुसार अहिलेसम्म आफ्ना नाममा फेसबुक आईडि नखोलेको र सामाजिक सञ्जाललाई समय नदिएको बताए ।


“मैले सामाजिक सञ्जालमा एकाउन्ट नखोलेपछि मन भने पराउँछु, अब भने खोल्ने सोँचमा छु, किनकी सामाजिक सञ्जालले पनि आफ्नो दर्शकहरुसँग नजिक हुन धेरै सहज बनाउँछ ।”, निखिलले भने ।

nikhil-upretris-facebook-id
तस्बिरः निखिलका नाममा खोलिएका नक्कली फेसबुक आईडिहरु


उनका नामको आईडि कसले चलाउँछ ?
आर्टिस्ट निखिल उप्रेतीको नाममा सामाजिक सञ्जाल फेसबुकमा खोजिगर्ने हो भने थुप्रै आईडिहरु भेटिने गर्दछन् । जहाँकि उनकै नाममा ६ हजार भन्दा बढि फ्यान फ्लवर्स समेत रहेका आईडि छन् । तर यसबिषयमा भने निखिलले कुनै कदम चालेका छैनन् ।

अन्य सेलिब्रेटीको कुरा गर्दा नक्कली आईडि चलाउने जोकोहिलाई पनि प्रहरीमा उजुरी हालेर आईडि डिलिट गर्न लगाएको पाइन्छ । तर निखिलले भने आफ्ना नाममा थुप्रै आईडि बनेर अरुले चलाइरहँदा समेत कुनै वास्ता नगरेको पाइन्छ ।