खेम सेन्चुरीको ‘कट्टा हान्दिन्छु गोरे दाई’ सार्वजनीक

...

काठमाडौँ । खेम सेन्चुरीको अर्को धमाका ‘कट्टा हान्दिन्छु गोरे दाई’ सार्वजनीक भएको छ । एक समय गायिका एलिना चौहानले आवाज भरेको यो गीतले तहल्का पिटेको थियो । उक्त गीतलाई अहिले खेमले मेल भोईसमा तयार गरेका छन्। अहिले एलिनाको ठाउमा अस्मिता अधिकारीको आवाज छ ।

भर्खरै मात्र ओबी रायमाझी युट्युब च्यानलमार्फत सार्वजनिक गरीएको यो गीतलाई हामीले समचार तयार बनाउँदासम्म ५ हजार भ्युज मीलीसकेको छ । खेम सेन्चुरी र अस्मीता अधीकारीको आवाज रहेको यो गीतमा नेत्र अर्यालको शब्द र खेम सेन्चुरीकै लय,संगीत रहेको छ । गीतको म्युजिक भिडियोमा ओबी रायमाझी र उषा उप्रेती फिचर्ड रहेका छन् ।

गीतमा गोरे दाई,गोरेदाई..

मेरो लाली खई, टीकी खै ,गाजल खै,  लगायतका शब्दहरु रहेको छ ।