
काठमाडौं । नेपाली फिल्मका स्थापित कलाकार हुन् प्रमोद अग्रहरी । रंगमञ्चमा समेत उत्तिकै प्रभावशाली देखिने यी कलाकारले अभिनय गरेका विभिन्न फिल्महरु वर्ष २०८१ मा प्रदर्शन भए । गत चैत २९ गतेदेखि प्रदर्शनरत फिल्म ‘पिताम्बर’ मा त उनी निकै शसक्त भूमिकामा प्रस्तुत भएर दर्शकको मन जितिरहेका छन् ।
उनी भन्छन् २०८२ मा पनि २०८१ जस्तै नै व्यस्त रहने छु । यो वर्ष पनि मै तीन- चार वटा फिल्महरुको शूटिङमा सक्नु पर्नेछ । तिनै फिल्मका लागि तयारीहरु गरिरहेको छु । मेरो आफ्नै कम्पनीबाट गर्न पर्ने एउटा फिल्म छ, जसका लागि तयारीहरु त भित्र–भित्रै भइरहेकै छ, यदि सबै कुरा मिल्यो भने २०८२ मा आफ्नै फिल्मलाई फ्लोरमा लैजाने योजना रहेको छ । पशुपतिनाथले मेरो यो योजनालाई पनि पूरा गर्नु हुनेछ भन्ने आशा लिएको छु तर त्यसका लागि पहिला आफूले थालेका फिल्मको सुटिङहरु समयमा नै सक्नु पर्नेछ ।