
काठमाडौँ । नायक पल शाहले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलसँग भेटेर कर्णालीमा सामाजिक अभियानमार्फत काम गर्न चाहेको बताएका छन् । बुधबार कँडेलको कार्यकक्षमा भएको छलफलका क्रममा नायक शाहले यस्तो चाहना दर्साएका हुन् ।
जवाफमा मुख्यमन्त्री कँडेलले आफ्नो उत्कृष्ट कलामार्फत कर्णालीको पर्यटकीय स्थानहरूलाई थप प्रवर्द्धन गर्न सुझाव दिए । कँडेलले भने, ‘राजनीतिक नेतृत्वसँग संवाद तथा छलफल गरेर कलाकारितासँगै सामाजिक अभियानलाई जीवन्त राख्ने तपाईँको प्रयास निकै राम्रो छ ।’