पोष्ट प्रोडक्सनमा ‘चिराग’, जेठ अन्तिममा आउने तयारी

...

काठमाडौं । नयाँ नेपाली फिल्म ‘चिराग’ छायांकन सकेर प्रोड प्रोडक्सनमा छ । त्यागमूर्तिको लेखन र निर्देशनमा तयार भएको यो फिल्ममा अधिकांश नयाँ कलाकार छन् । नयाँ कलाकार भएपनि चलचित्रको कथा, र कलाकारहरुको अभिनयका कारण चलचित्र निकै राम्रो बनेको निर्देशक त्यागमूर्तिले आर्टिष्ट खबरलाई जानकारी दिएका छन् । यो फिल्मले रिलिज मिति तोकिसकेको छैन तर निर्माण टिम आउँदो जेठको अन्तिम सातामा फिल्म रिलिज गर्ने तयारीमा जुटेको छ । फिल्ममा नरेश प्रसाद भट्ट र संकला गौतमको सहलेखन रहेको छ । यस्तै लगानी भने संकला गौतम, नरेश प्रसाद भट्ट र त्यागमूर्तिकै रहेको छ ।

फिल्ममा लोकप्रिय खलनायक सुशील पोख्रेलले अभिनय गरेका छन् । यस्तै प्रज्ञा जोशी, शुभास गजुरेल, दामोदर भण्डारी,शेर बहादुर डीसि, त्यागमूर्ती, संकला गौतम, नरेश प्रसाद भट्ट , मनोज आचार्य, मधवा खनाल, मिनाक्षी खनाल लगायतको अभिनय रहेको छ । राहुल राई र मेफुज अन्सारीले खिचेको फिल्मलाई सुभास देवकोटाले सम्पादन गरेका छन् । फिल्ममा डीके हमालको श्रृंगार छ भने कलरपोस्टरको काम कल्पेश बिश्वकर्माले गरेका छन् । भिएफएक्सको काम दिनेश ढकालले गरेका छन् भने फिल्ममा गीसंगीत पनि निर्देशक त्यागमूर्तिकै छ । फिल्मबारे आर्टिष्ट खबरसँग कुरागर्दै निर्देशक त्यागमूर्तिले आफ्नो फिल्म ‘चिराग’ दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए । पछिल्लो समय दर्शकहरु कथा बिषयवस्तु हेरेर हलसम्म पुग्ने गरेको भन्दै आफ्नो फिल्ममा पूर्ण विश्वास भएको उनी बताउँछन् ।