
काठमाडौं। अरु कलाकार दर्शकमाझ घुलमिल भैरहँदा अनमोल भने आफ्नै शैलीमा रिजर्भ बसिरहन्थे। यस्तोमा, अब अनमोल दर्शकमाझ पुग्ने मनस्थितीमा छन्। अब दर्शकसँग नजिक रहेर करिअर अघि बढाउने उनको योजना छ।
यसको सुरुवात भारतको सिलिगुढीस्थित क्लब ग्राभिटीबाट भएको छ। यसैसाता अनमोल र बुवा भुवन केसीले त्यहाँ पुगेर फ्यानसँग साक्षात्कार गरे।दर्शकसँग नजिकिने उपायअनुरुप अब उनी ‘मिट एण्ड ग्रिट’ टूरमै निस्किने भएका छन्। स्वदेश र विदेशमा उनको यस्तो टूर आयोजनाको निधो भैसकेको छ जहाँ उनले फ्यानसँग भेटघाट गर्नेछन्।
मेमा कतारबाट उनको ‘मीट एण्ड ग्रिट’ टूर सुरु हुनेछ । त्यसपछि हङकङ र जापानमा पनि यस्तो टूर गर्ने योजना छ । टूरमा बुवा भुवनले साथ दिनेछन् ।