विरक्तिएका प्रकाश सपुत

...

काठमाडौँ । विरक्तिएका प्रकाश सपुत लेख्छन् ‘यो अध्यारोलाई उज्यालोले जितिजाला नि, लौ ठिकै छ यो समय पनि त बितिजाला नि…।’ गायकबाट नायक तथा निर्मातासमेत बनिसकेका प्रकाश सपुतको फिल्म ‘वसन्त’ ले सोचे अनुसारको व्यवसाय गर्न सकेन । फिल्मले सोचेजस्तो प्रदर्शन गर्न नसकेपछि प्रकाश सपुतले कतै जाँदै गरेको एउटा भिडियो शेयर गर्दै एउटा स्टाटस पनि लेखेका छन्–

‘यो अध्यारोलाई उज्यालोले जितिजाला नि, लौ ठिकै छ यो समय पनि त बितिजाला नि…।’

सपुतले राखेको यो स्टाटसको अर्थ निकै गहिरो भएको बुझिन्छ । उनले भिडियोको ब्याकग्राउन्ड म्युजिकमा पनि ‘कहाँ छन् सुख पलाउने बोटहरु कहाँ छन् हाँसो फलाउने ओठहरु’ बोलको गीत पनि राखेका छन् । भिडियोमा देखिएको स्टाटस तथा ब्याकग्राउण्डमा बजेको गीतले उनी अहिले फिल्मले सोचे जस्तो नभएपछि विरक्तिएका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ ।