पलेँटीमा गुन्जिदै संगीता

...

काठमाडौंँ । साङ्गीतिक पलेँटीको अबको श्रृखलामा संगीता राना प्रधान प्रस्तुत हुने भएकी छन् । पलेँटीमा सन् २००७ मा पहिलो पटक गीत सुनाएकी संगीता अब पलेँटीमा अप्रिल २५ र २६ गुन्जने भएकी हुन् । संगीताले शास्त्रीय गायनमार्फत पलेँटीलाइ शास्त्रीय सङ्गीत प्रस्तुत गर्नेछिन् । उनी पलेँटीको कलाकार टोलीका साथ खयाल, ठुमरी र केही आधुनिक गीतको अभ्यासमा जुटिरहेकी छन् । कार्यक्रममा खयाल र ठुमरीलाई पनि नेपाली भाषामै प्रस्तुत गर्ने उनको तयारी छ ।

१८ वर्षपछि पलेँटीमा एकल गायनको तयारीमा रहेकी संगीता उत्साहित रहेकी छन् । पलेँटी मार्फत श्रोता, दर्शकसँग बेलाबखत परिचित हुने मौका मिल्ने भएकोले यो मञ्चले आफूलाई आनन्दित बनाउने उनले बताइन् । ‘खास गरी शान्ति ठटाल दिदीसँग यही मञ्चमा गरेको सहकार्य सम्झँदा म नोस्टाल्जिक बन्ने गर्छु,’उनले भनिन् ।

पलेँटीमा संगीताले अग्रज गीतकार कालीप्रसाद रिजाल, रत्न शमशेर थापा, मञ्जुल, निर्मोही व्यास, आरती नेवा, मन्जित तामाङ, आभासका शब्दहरूलाई गुन्जाउनेछिन् ।