अनमोल,प्रदीप, र समिर एउटै फिल्ममा

...

काठमाडौँ । अनमोल केसी,प्रदीप खड्का, र समिर भट्टलाई एकसाथ एउटै फिल्ममा देख्न पाईने भएको छ । पीताम्बर फिल्मकी नीर्देशक कृषाले पीताम्बरको सफलतापछी नयाँ चलचित्र निर्माणको तयारीमा छीन् ।

जसमा यी तीन नायकलाई उनले एकसाथ समेट्ने चर्चा छ । त्यसो त यो कुराको कृषा अथवा अनमोल नत प्रदिपले नै आधिकारीक रुपमा केहि बोलेका त छैनन् तर जब कृषाले अनमोलसँगको तस्विर शेयर गरिन् तब यस प्रकारको चर्चा चल्न थालेको हो ।

कृषा एक त्यस्ति निर्देशक हुन् जसले एक साथ धेरै अभिनेतालाई लिएर राम्रो फिल्म बनाउन सफल भएकी छिन् । यसकारण पनी यी तीन नायकलाई लीएर  फिल्म बनाउनेमा कुने शंका छैन ।