काठमाडौं। नेपालमा आधिकारित रुपमा दर्ता भएर लाखौं नेपालीको मन जित्न सफल भिडियो शेयरिङ एप टिकटकले पहिलो पटक नेपाली भाषाको विज्ञापन निर्माण गरेको छ ।
टिकटकको उक्त ‘फेमिली पेयरिङ एड’ मा लोकप्रिय अभिनेता निखिल उप्रेती तथा अभिनेत्री सञ्चिता लुईँटेल उप्रेतीको परिवारलाई नै समेटिएको छ । आगामी मे २ का दिन सार्वजनिक हुने उक्त विज्ञापनमा निखिल तथा सञ्चिताको साथमा उनीहरुका छोरा अर्थव तथा छोरी सान्भीलाई फिचर गरिएको बताइन्छ ।
योसंगै टिकटकको पहिलो आधिकारिक नेपाली विज्ञापनले नेपालका लोकप्रिय कलाकारहरुलाई चित्रण गरेको विज्ञापन वैशाख १९ गतेदेखि प्रसारणमा आउने छ ।







१२ बैशाख २०८२, शुक्रबार १५:२८ 








