रंग दर्पण म्युजिक अवार्ड सम्पन्न, नारायण रायमाझीलाई दिर्घ साधना सम्मान

...

काठमाडौँ । रंग दर्पण म्युजिक अवार्ड २०८१ सम्पन्न भएको छ । समारोहमा थुप्रै रंगकर्मी सम्मानित भए । जसमा वरिष्ठ गायक, संगीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीलाई दिर्घ साधना सम्मान प्रदान गरियो । यस्तै वरिष्ठ म्युजिक भिडियो निर्देशक उज्ज्वल के.सी. र वरिष्ठ रंग पत्रकार शान्तिप्रियलाई रजत सम्मानद्वारा सम्मान गरिएको थियो ।

गएको चैत ३० गते शनिबार सम्पन्न अवार्ड समारोह नेपाल चलचित्र विकाश बोर्डमा आयोजना भएको थियो । “गीत संगीतमा समर्पण, रंग दर्पण” मूल सांगीतिक नारालाई आत्मसात गर्दै नेपाली गीत संगीतको संरक्षण, सम्बर्द्धन,प्रबर्द्धन र विकास गर्ने हेतुले आयोजीत अवार्ड समारोहमा संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विशिष्ट संगीतकार तथा गायक श्री शम्भुजीत बासकोटा प्रमुख अतिथिको रुपमा थिए ।

समारोहमा शर्मिला गुरुङलाई लोकप्रिय लोकगायिका सम्मान र शिव परियारलाई लोकप्रिय आधुनिक गायक सम्मान प्रदान गरियो । दिपेन्द्र तिमल्सिनालाई दशकका युवा म्युजिक भिडियो निर्देशक सम्मानद्वारा सम्मानित गरिएको थियो भने नेपाली गीत संगीतको विभिन्न विधामा योगदान पुर्याएका स्रष्टा, सर्जक, गायक गायिका, कलाकार तथा समाजसेवीहरूलाई रंग दर्पण कला समम्मानद्वारा सम्मानित गर्नुका साथै कार्यक्रममा लोक, पप र आधुनिक गरी ३७ विधामा अवार्ड प्रदान गर्दै जुरी, पब्लिक च्वाइस, पपुलर र प्रोत्साहन गरि जम्मा ४९ वटा ट्रफि र प्रमाण पत्र वितरण गरिएको उक्त कार्यक्रम आयोजक संस्थाका अध्यक्ष श्री ओम विकल ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो ।


अवार्ड प्राप्त गर्न सफल स्रष्टारसर्जक एवं कलाकार र विधाहरू यस प्रकार छन् ।

. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत गायक थानेश्वर गौतममुटुभित्रनेपाल

. सर्वोत्कृष्ट मौलिक गीत गायक कृष्ण के.सी. – ठूली

. सर्वोत्कृष्ट देउडा गीत गायक धर्मेन्द्र सुनारनदेखिन्याघाउ

. सर्वोत्कृष्ट लोक दोहोरी शब्द विक्रम वावु विश्वकर्मादेऊत्योमन

. सर्वोत्कृष्ट लोक दोहोरी लय अनिस दवाडीतिम्रो त यो दुनिया छ

. सर्वोत्कृष्ट लोक दोहोरी संगीत संयोजक सुनिल परियारवनमाखयर

. सर्वोत्कृष्ट लोक दोहोरी ध्वनी सम्पादन  रेम सुनारभटौला शनिवार

. सर्वोत्कृष्ट लोक दोहोरी गायक नेत्र भण्डारीझरी

. सर्वोत्कृष्ट लोक दोहोरी गायिका शान्ति श्रीष मगरजुनतारा

१०.सर्वोत्कृष्ट लोक दोहोरी नवगायिका अनिता पुन मगरसाइली रिमै

११.सर्वोत्कृष्ट लोक दोहोरी मोडल (पुरुष) भुपेन्द्र डाँगीकलेजी

१२. सर्वोत्कृष्ट लोक दोहोरी मोडल (महिला) रजनी गुरुङठुली

१३. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नृत्य) विकास फिरोजकर्णालीरभेरी

१४. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नृत्य) रुविना अधिकारीनजरलाग्लानी

१५. सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष (नवप्रतिभा) वावुराम सुनार     दुई थोपा आँशु

१६. सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला (नवप्रतिभा) निना बुढाथोकी  झरी

१७. सर्वोत्कृष्ट लोक दोहोरी छाँयाकार राजेश घिमिरेभुरभुरउडेकीचरी

१८. सर्वोत्कृष्ट लोक दोहोरी सम्पादक मनोज कार्कीफुलहजार

१९. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक (नृत्य) अशोक वि.. – देऊत्योमन

२०. सर्वोत्कृष्ट लोक दोहोरी निर्देशक आशिष गुरुङमायाकोइतिहास

२१. सर्वोत्कृष्ट आधुनिक शब्द सुनिल वि.सी. – जो छुट्यो त्यो आफ्नो

२२. सर्वोत्कृष्ट आधुनिक संगीत रोशन सिंहकस्तो थिए कस्तो भए

२३. सर्वोत्कृष्ट आधुनिक संयोजन  HBN KISMAT – कट्टाहान्दिन्छु

२४. सर्वोत्कृष्ट आधुनिक ध्यनी सम्पादन कुमार रानाकस्तो थिए कस्तो भए

२५. सर्वोत्कृष्ट आधुनिक गायक प्रताप दासजिन्दगीमेरो

२६. सर्वोत्कृष्ट आधुनिक गायिका एलिना चौहानधोकेवाज

२७. सर्वोत्कृष्ट आधुनिक अभिनय (पुरुष) मरिचमान श्रेष्ठनिर्मोही

२८. सर्वोत्कृष्ट आधुनिक अभिनय (महिला) पुजन घिमिरेनिर्मोही

२९. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नृत्य) जीवन कुमार ज्ञवालीकल कल मुयाँ

३०. सर्वोत्कृष्ट आधुनिक मोडल महिला (नृत्य)  आस्मा विश्वकर्माकट्टा हान्दिन्छु

३१. सर्वोत्कृष्ट आधुनिक मोडल पुरुष (नभप्रतिभा) पुरु भण्डारीकसैको हुदा दिन्न

३२. सर्वोत्कृष्ट आधुनिक छाँयाकार नवराज उप्रेतीनिर्मोही

३३. सर्वोत्कृष्ट आधुनिक सम्पादक रबिन वि.. – जवसम्मसासछ

३४. सर्वोत्कृष्ट आधुनिक निर्देशक (नृत्य) विक्रम चौहानचस्मालगाउली

३५. सर्वोत्कृष्ट आधुनिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमोहनीमायाले

३६. सर्वोत्कृष्ट पप गीत गायक सुरेश राना मगरभिषापास

३७. सर्वोत्कृष्ट पप गीत सम्पादक पुजन लामिछानेकाले

३८. सर्बोत्कृष्ट गित गायक  भुपु पाण्डे  पिरैपिर

३९. पपुलर मोडल  बिक्रम बुढाथोकीकस्तो थिए कस्तो भए

४०.सर्बोत्कृष्ट लोक तथा दोहोरी गायिका  पुजा परियार (पब्लिक च्वाइस ) – तिम्रो त यो दुनियाँ छ

४१. सर्बोत्कृष्ट लोक तथा दोहोरी गायक (जुरि) नन्दु परियारदेशै छोड्यौ नि

४२. सर्बोत्कृष्ट लोक दोहोरी भिडियो निर्देशक (जुरि) निशान बानियाममरेरकेभो

४३.सर्बोत्कृष्ट आधुनिक भिडियो निर्देशक (जुरि)  रेहन मियायोजीवनकेछ

४४. सर्बोत्कृष्ट लोक तथा दोहोरी मोडल पुरुष अभिनय (जुरि)  टीका भुजेलपालीखरैको

४५. लोक तथा दोहोरी गित भिडियो सम्पादक (इन्करेजमेन्ट) असिम चन्द्र बिश्वकर्मा  दिउलाचिनो

४६. लोक तथा दोहोरी गायिका नब प्रतिभा (इन्करेजमेन्ट) किरण श्रीपालीजाले रुमालैमा

४७. लोक तथा दोहोरी मोडल महिला नव प्रतिभा (इन्करेजमेन्ट) रचना न्यौपाने  जुनताराझिलिमिली

४८. लोक तथा दोहोरी मोडल महिला नवप्रतिभा (इन्करेजमेन्ट) नन्जिता सुनाररिसरडाहाकिन

४९. लोक तथा दोहोरी मोडल महिला नवप्रतिभा (इन्करेजमेन्ट) स्वेता श्रेष्ठउडाइलग्योहुरिले